काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालू आर्थिक वर्षको बजेट खर्च गर्न नसकेको मन्त्री रमेश रिजालले बताउनुभएको छ ।
मन्त्री रिजालले निर्यात व्यवसायी महासंघ नेपालको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन उद्घाटन गर्दै मन्त्रालयको बजेट खर्च गर्न नसक्दा यत्तिकै थन्किएको बताउनुभयो । बजेट खर्च गर्नेमा उद्योग मन्त्रालय अन्य मन्त्रालयको तुलनामा कमजोर मन्त्री रिजालको भनाई छ ।
मन्त्री रिजालले निर्यात व्यवसाय प्रबर्द्धनका लागि सरकार सहयोग गर्न तयार रहेको धारणा व्यक्त गर्नुभयो । मन्त्री रिजालले निर्यात व्यवसायीहरुले देशको व्यापार घाटालाई कम गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा समेत गर्नुभयो।
नेपालका दुवै छिमेकी देश ठूला रहेकाले दुवैसँग समान व्यवहार गरेर सम्हालिएर अघि बढ्नु पर्ने आवश्यक रहेको मन्त्री रिजालको भनाइ छ ।
मन्त्री रिजाललेले निकट भविष्यमा नै प्रधानमन्त्री पुष्पकमल दाहाल भारत र चीन भ्रमणमा जाने तालिका रहेकाले दुई देशसँगको भेटपछि निर्यात प्रवर्द्धन सहज हुने प्रतिवद्धता समेत जनाउनु भएको छ
मन्त्री रिजालले व्यवसायीहरुको भूमिका आर्थिकस्तर बढाउन महत्वपूर्ण रहेको भन्दै देशको समृद्धिका लागि हरेक सुविधा दिन सरकार तयार रहेको धारणा व्यक्त गर्नुभयो ।