विराटनगर। पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेश नामकरण राम्रो भएको बताएका छन्।
प्रदेश नामाकरणपछि त्यसलाई फेर्न माग गर्दै केही समूहले आन्दोलन गरिरहेको बेला पूर्व प्रधानमन्त्री नेपालले बुधबार इटहरीमा पार्टीद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा त्यस्तो बताएका हुन्।
‘हामीले प्रदेशको नामको विषयमा सचिवालयमा छलफल गर्यौँ, साझा पहिचान हुनुपर्छ भन्ने माग उठ्यो’, उनले भने– ‘अन्य प्रदेशको नामकरण भूगोलकै आधारमा भएको छ । यसले राम्रो भएको छ ।’
अध्यक्ष नेपालले कोशीको नाम बहुमत सदस्यले पास गरेको कारण जातीय द्वन्द्व रोकिएको धारणा व्यक्त गरे। यसले राम्रो सन्देश गएको उनको भनाई छ ।
कोशी प्रदेश सचिवालयले पोजेटिभ तरिकाले हेरेकाले आफूहरू नामकरणमा असन्तुष्ट नरहेको अध्यक्ष नेपालको धारणा छ ।