काठमाडौं। नेपालमा हाल तीन वटा सुख्खा बन्दरगाह निर्माणाधीन अवस्थामा रहेका छन्। नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार बाँके, नेपालगञ्ज र दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणाधीन अवस्थामा छन्।
बाँकेको नेपालगञ्जमा र रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह निर्माण भइरहेको छ भने कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण भारतले नै गर्ने गरी दुई मुलुकबीच सहमति भइसकेको छ।
नेपालगञ्ज र टिमुरे सुक्खा बन्दरगाहको भौतिक प्रगाति क्रमशः ८० र ४० प्रतिशत भएको समितिले जनाएको छ।
त्यसैगरी हाल नेपालमा सात वटा सुख्खा बन्दरगाह सञ्चालनमा रहेका छन् । अहिले काठमाडौँ, काँकडभिट्टा, विराटनगर, वीरगञ्ज (सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी), भैरहवा, तातोपानी गरी सातवटा सुक्खा बन्दरगाह सञ्चालनमा रहेको समितिले जनाएकाे छ।