काठमाडौं। राष्ट्रिय गौरवका आयोजना अन्तर्गत रहेको काठमाडौं तराई मधेश द्रुतमार्गको काम २१ प्रतिशत पूरा भएको छ। आयोजना सुरु भएको १४ वर्षमा भौतिक प्रगति २१.१८ प्रतिशत भएको हो।
आर्थिक वर्ष २०६४/६५ मा सुरु भएको यस आयोजनाको २०७८/७९ मा आइपुग्दा भौतिक प्रगति २१.१८ प्रतिशत मात्र रहेको महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
कुल २ खर्ब १३ लाख ९५ हजार लागत अनुमान रहेको यस आयोजनाको आर्थिक वर्ष २०७८/७९ सम्म ३४ अर्ब २९ करोड खर्च भएको छ । आर्थिक वर्ष २०७८/७९मा मात्र यस आयोजनामा ५ अर्ब २२ करोड खर्च भएको छ ।
यस आयोजनाको कामको प्रगति अत्यन्तै न्यून गतिमा भएका कारण निर्धारित समयमै सम्पन्न हुने देखिएको छैन।