भक्तपुर। भक्तपुरको मध्यपुर थिमि नगरपालिका-३ गठ्ठाघरस्थित एउटा सहकारीका प्रबन्ध निर्दशकलाई जुत्ताको माला लगाउनेहरु पक्राउ परेका छन् ।
स्थानीय रामबहादुर मानन्धरको साढे तीन तले घरको दोस्रो तलामा रहेको १२ बर्षदेखि संचालनमा रहेको कृषि विकास तथा ऋण सहकारी संस्थाले बचत फिर्ता नदिएको भन्दै संस्थाका प्रबन्ध निर्देशकलाई मंगलबार जुत्ताको माला लगाउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीका अनुसार काठमाडौं महानगरपालिका ७ बस्ने वर्ष ४३ को संस्थाका प्रबन्ध निर्देशक समिर खत्रीलाई हातपात गरी कालो मोसोसमेत दली जुत्ताको माला लगाउने उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं.७ धुन्चेपाखा बस्ने बर्ष ४४ को मुरारी नेपाल, ओखलढुंङगा हर्कपुर घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने बर्ष ३६ कि प्रेमकुमारी तामाङ, झापा कोहोरा गा.पा.०२ घर भई हाल गठ्ठाघर बस्ने बर्ष ३९ को कृष्ण संग्रौला, भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं.०९ बोडे बस्ने बर्ष ६३ को गोरखबहादुर गिरी र ओखलढुङगा लिखु गा.पा.वडा नं.०४ घर भई हाल कौशलटार बस्ने बर्ष ३४ की पबित्रा तामाङ रहेका छन् ।
्र