जनकपुरधाम। निर्माण व्यवसायीहरुले मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवलाई कार्यालयमा थुनेका छन्। आफूहरुले पाउने भुक्तानी नपाएपछि मन्त्रालयका सचिव कृष्णकुमार मिश्रलाई कार्यालयमै थुनेका हुन्।
मिश्रलाई कार्यालयमा थुन्नका साथै उनिहरुले सचिवको कार्यकक्ष अगाडि फोहोरसमेत थुपारेका हुन् । मिश्रलाई भुक्तानी नपाएको भन्दै बुधबार दिउँसो कार्यालयमा थुनेका हुन्।
विभिन्न योजनाहरु सम्पन्न गरेको २ वर्ष भयो तर भुक्तानीको लागि धेरै पटक अनुरोध गर्दा समेत कुनै चासो नदिएपछि उनिहरुले यस्तो पाइला चाल्न बाध्य भएको बताएका छन्। निर्माण कार्य सम्पन्न भएको २ वर्ष सम्म पनि भुक्तानी नपाउदा बैंकको ब्याज तिर्नसमेत समस्या भइरहेको उनिहरुले बताए।
विभिन्न ३८ वटा योजनाको ६० करोड रकम भुक्तानी गर्न बाँकी रहेको उनीहरुले बताएका छन्। यसमा अन्य मन्त्रालयहरूमा गरेको काम पनि रहेको छ । मधेस प्रदेश सरकारका अन्य मन्त्रालयहरूको पनि विभिन्न उपभोक्ता समितिको झन्डै एक अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उनीहरूकाे भनाइ छ ।