काठमाडौं। लामो समयदेखि बन्द रहेको घरजग्गा कित्ताकाट खुल्ला भएको छ । हिजो बसेकोम मन्त्रिपरिषद् बैठकले घरजग्गा कित्ताकाट खुलाउने निर्णय गरेको हो।
अघिल्लो पटक बसेको मन्त्रिपरिषद बैठकले घरजग्गाको कित्ताकाट खुलाउने निर्णय गरे पनि यसबारे थप अध्ययन गर्न मन्त्रिपरिषद अन्तर्गतको आर्थिक तथा पूर्वाधार समितिलाई जिम्मेवारी प्रदान गरिएको थियो ।