काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज नभएसम्म संघर्ष निरन्तर रहने बताएका छन् ।
मंगलबार गरिएको नेपाल बन्दमा सहयोग पुर्याउने सबैलाई विज्ञप्तिमार्फ् धन्यवाद दिँदै मूल्य वृद्धि र महँगी खारेज नभएसम्म संघर्ष निरन्तर रहने उनले बताएका हुन् ।
उनले पक्राउ गरिएका कार्यकर्तालाई रिहाइको माग गरेका छन् । बन्दका क्रममा तीन सय बढी कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ परेका कार्यकर्तालाई बिनासर्त रिहा गर्न समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।