धनगढी। धनगढीको एक नास्ता पसलमा आगलागी भएको छ ।
धनगढी उपमहानगरपालिका(२ वेस्टर्न कलेज अगाडि रहेको नास्ता पसलमा बिहीबार दिउँसो आगलागी भएको हो ।
राकेश शर्माले सञ्चालन गरेको नास्ता पसलमा ग्याँल लिक भएर आगो लागेको प्रहरीले जनाएको छ । आगलागीबाट फ्रिज, टेबुल, कुर्सी लगाएतका सामान जलेका छन् ।