काठमाडौं। बूढानीलकण्ठ नगरपालिकाले तरकारी बजारको लागि भवन निर्माणको काममा तीव्रता दिएको छ। बूढानीलकण्ठ –२ स्थित नौलिनस्थानमा स्थानीय उत्पादनलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने उद्देश्यले भवन निर्माणको कामलाई तिब्रता दिएको हो।
नगरभित्रका उत्पादनलाई जोड दिएर कृषकलाई आत्मनिर्भर गराउने मुख्य लक्ष्य का साथ भवन निर्माणको काममा अगाडी बढेको नगरपालिकाले जनाएको छ।
नगरभित्रका कृषकलाई बजारीकरणको समस्या नहोस् र उत्पादनको सही मूल्य यहाँबाट कृषकहरू आफैँले प्राप्त गर्नुहोस् भनेर योजना अघि बढाएको बताइएको छ। बूढानीलकण्ठ तरकारी बजारको भवन निर्माण गर्न रु नौ करोड लागतमा ठेक्का लागेर काम धमाधम भएको नगरापालिकाले जानकारी गराएको छ।