काठमाडौं। नयाँ सवारीसाधन परीक्षण गर्न ल्याव निर्माण गरिने भएको छ। ल्याव निर्माणका लागि यातायात व्यवस्था विभागले अर्थमन्त्रालयसँग पाँच करोड रुपैयाँ बजेट माग गरेको छ।
ल्याव निर्माण गर्ने प्रक्रिया अगाडि बढाइसकेको र त्यसको लागि आवश्यक बजेट अर्थमन्त्रालयसँग माग गरेको विभागले जनाएको हो। मन्त्रालयले पनि अगाडि बढ्न अनुमति दिएकाले आगामी वर्ष उक्त ल्याव निर्माण हुने विभागको भनाइ छ।
नेपालमा नै दुई पाङ्ग्रे सवारीसाधन एसेम्बल सुरु भएको र चार पाङ्ग्रे साधनको पनि एसेम्बल सम्भावना देखिएको कारण परीषण ल्याव निर्माण गर्न लागिएको विभागले जानकारी दिएको छ।
आगामी वर्ष ५ करोड बजेट आए सुरुमा दुई पाङ्ग्रे सवारी परीक्षण गर्ने ल्याव निर्माण गर्ने योजना विभागले बनाएको छ । त्यसपछि चार पाङ्ग्रे साधन परीक्षण ल्याव बन्ने छ ।