सप्तरी। सुरुङ्गा नगरपालिका–१ का १६ परिवार भूमिहीन सुकुम्वासीले जग्गा धनी लालपुर्जा पाएका छन्।
प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरी, राष्ट्रिय भूमि आयोग सप्तरीका अध्यक्ष हरेराम यादवको उपस्थितिमा सुरुङ्गा–१ का अध्यक्ष छत्र बहादुर राउतको अध्यक्षतामा लालपुर्जा वितरण कार्यक्रम सम्पन्न भएको हो।
सुरुङ्गामा ४२ वटा कित्ता नाप जाँच भए पनि लालपुर्जा १६ वटा मात्रै तयार भइसकेको र अन्यमा कतै जङ्गलको त कुनै नदीको वा फर्जी फर्म भरेको जस्ता प्राविधिक समस्याको कारण बाँकी ररेको बताइएको छ। यद्यपि वितरण कार्य निरन्तर रहने नगर प्रमुख गीता चौधरीले बताइन्। सुरुङ्गामा सुकुम्वासी थोरै भए पनि १८ सय ५३ मानिस अव्यवस्थित रुपमा बसिरहेका छन्।