काठमाडौं। रुकुमपश्चिको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच दिनको बच्चासहित ४ जनाको मृत्यु भएको छ।
बिहीबार बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरीधारामा जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ।
सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको हो। चार जनाको मृत्यु भएको खबर आएको र उद्दार जारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बताएको छ। जिपमा १४ जना सवार रहेका थिए।
घाइतेलाई थप उपचारका लागि हेलिकप्टर ल्याउने तयारी भइरहेको बताइएको छ।