दार्चुला। दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा जलेर एक जना वृद्धको ज्यान गएको छ। ग्यास लिक भइ जलेर घाइते भएका नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीय अमरसिंह ठगुन्नाको मृत्यु भएको हो।
बुधबार बिहान चिया पकाउने क्रममा ग्यास विस्फोट हुँदा जलेर घाइते भएका उनलाई गोकुलेश्वर अस्पताल लगिएको थियो ।
गोकुलेश्वरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लैजाने भनिए पनि नेपालगञ्ज लगिएको थियो।
उनको नेपालगञ्जमा उपचारको क्रममा गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।