सर्लाही। हावाहुरीमा परेर घाइते भएकी एकजना महिलाको मृत्यु भएको छ ।
बिहीबार आएको हावाहुरीले घर ढाल्दा च्यापिएर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार ब्रह्म्पुरी गाउँपालिका–२ की ६५ वर्षीया सवितादेवी साहको हावाहुरीले ढालेको घरमा चेप्पिदा ज्यान गएको हो ।
बिहीबार साँझ आएको ठुलो हावाहुरीले उनी बस्दै आएको कच्ची घर ढालेपछि उनी सोही घरमा चेपिएकी थिइन्।