रुपन्देही । नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासका विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख करुण वंशल र बुटवल नगरपालिकाका मेयर शिवराज सुवेदीले शिलान्यास गरेका हुन् ।
भारत–नेपाल विकास साझेदारी कार्यक्रमअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा सो नयाँ विद्यालय भवनको निर्माण करिब ४.४१७ करोड रुपैयाँको लागतमा हुनेछ ।
सन् १९७१ मा स्थापना भएको नहरपुर माध्यमिक विद्यालय यस क्षेत्रको पुरानो विद्यालय हो । निर्माण सम्पन्न भएपछि विद्यालय नयाँ भवनमा सर्नेछ । हाल विद्यालयमा १ हजार १ सय २७ जना विद्यार्थी अध्ययनरत छन् ।