विराटनगर। विराट राजाको दरबार क्षेत्रमा कीचकवध पोखरी निर्माण भइरहेको छ। उक्त पोखरीको विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले स्थलगत निरीक्षण गरेका हुन्।
उनले निर्माण कम्पनीलाई निर्माण कार्य तीव्र गतिमा अगाडी बढाउन निर्देशन दिए। निर्माण कम्पनी देवी छिन्नमस्ता कन्स्ट्रक्सनले ७० लाख ६५ हजार ६२५ रुपियाँमा ठेक्का सम्झौता गरेको छ।
दक्षिणी क्षेत्रमा विराट राजाको दरबारसँगै रानीपोखरी र मन्ठापोखरीको पुनर्निर्माणसँगै सौन्दर्यीकरणसमेत भइरहेको छ। धार्मिक र सांस्कृतिक महìव बोकेको विराट राजाको दरबारसहित तीन वटै पोखरीको निर्माण भइसकेपछि आन्तरिक र भारतीय पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने सबैले आशा गरेका छन्।
असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने गरी काम गरिरहेको निर्माण कम्पनीले बताएको छ। निर्माणाधीन पोखरीको पर्खाल लगाउने काम सम्पन्न भइसकेको छ।