काठमाडौं। मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ। प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
नीति तथा कार्यक्रमले मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी अभिवृद्धि, गरिबी न्यूनिकरण, दिगो विकास तथा पर्यावरण संरक्षण र सुशासनको प्रत्याभूतिलाई प्राथमिकतामा राखेको छ।
सार्वजनिक क्षेत्रको अनुत्पादक खर्चलाई निरुत्साहित गर्दै उत्पादनशील क्षेत्रमा लगानी गर्ने नीति मधेश प्रदेश सरकारले लिएको पाइएको छ।
‘चुरे जोगाउ, मधेश बचाउ’, ‘बेटी बचाउ, बेटी पढाउ’, ‘मुख्यमन्त्री स्वच्छता अभियान’लगायतका विगतका सरकारले सञ्चालन गरेको अभियानलाई पनि सरकारले निरन्तरता दिइएको छ।
प्रदेशभित्र सञ्चालित रहेको राष्ट्रिय गौरवका आयोजनाहरु राजविराजदेखि विरगञ्जसम्म रेलमार्ग विस्तार गर्न डिपिआर अध्ययन, दोस्रो अन्तराष्ट्रिय विमानस्थल निजगढ, हुलाकी सडक, सुनकोशी मरिन डाइभर्सन, सप्तकोशी कमला डाइभर्सन, राष्ट्रिय स्तरका आयोजनाहरु जयनगर–बर्दिबास रेलमार्ग, सिमरा विशेष आर्थिक क्षेत्र, नाढिमन ताललाई संघिय सरकारसँग समन्वय गरी निर्माण कार्यलाई अगाडि बढाउन जोड दिने समेत उल्लेख गरिएको छ।
पूर्णपाठ: