काठमाडौं। काठमाडौं महानगरपालिकाले न्युरोड (एनएसीेछेउ) र रत्नपार्कनजिकै रहेको घुम्मती शौचालय हटाएको छ। चुहिएर दुर्गन्ध फैलिन थालेपछि महानगरले गत जेठ २० गतेदेखि यी दुई स्थानका घुम्ती शौचालय हटाएको हो।
घुम्ती शौचालय सञ्चालनका लागि १४ वर्षअघि महानगरपालिकाले टेन्डर आह्वान गरेको थियो । सोही आह्वानअनुसार वासु उप्रेतीलाई शौचालय सञ्चालनको जिम्मेवारी दिइएको थियो ।
१० वटा घुम्ती शौचालयका लागि महानगर र उप्रेतीबीच सम्झौता भए पनि कार्यादेश नदिएकाले दुईवटा मात्र सञ्चालन हुँदै आएका थिए । उक्त शौचालय महानगरले विभिन्न जात्रा, पर्व, आन्दोलनलगायत समयमा पनि प्रयोग गर्दै आएको थियो । काठमाडौं महानगरले तत्काल घुम्ती शौचालय नचलाउने भएको छ ।