काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे टुङगोमा पुग्न अमेरिकाले नेपाललाई समयसीमा दिएको छ ।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एससीसी सम्झौता नेपालले स्विकार गर्ने कि नगर्ने भन्ने मंसिर २८ गतेसम्म टुंगोमापुग्न समयसीमा दिएका हुन् ।
नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लुले शुक्रबार विहान सत्तारुढ गठबन्धन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सँगको भेटवार्तामा डिसेम्बर १४ अघि टुंगोमा पुग्न आग्रह गरेका हुन् ।
भेटपछि संचारकर्मीहरु सँग बोल्दै अध्यक्ष प्रचण्डले एमसीसी पहिला नेपालले सम्झौता गरेअनुसार नरहेको भन्दै सबै पार्टीसँग छलफल गरेर निर्णय लिने सहायक विदेश मन्त्री लू लाई जानकारी गराएको बताए । उनले अमेरिकाले दिएको डिसेम्बर १४ भन्दा अघिको समयसीमा भित्र ठोस निर्णयमा पुग्ने पनि बताए ।
यसअघि अमेरिकी सहायक विदेशमन्त्री लुले शुक्रबारै नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए ।भेटमा लूले अमेरिकाले स्वास्थ्य, शिक्षा र रोजगार लगायतका विभिन्न क्षेत्रमा गरिरहेको सहयोगलाई अझै बिस्तार गर्ने प्रतिवद्धता जनाएको नेकपा एमालेका विदेश विभाग प्रमुख डा राजन भट्टराईले बताए ।