सुर्खेत। कर्णाली प्रदेश अस्पताल सुर्खेतको स्तरोन्नति गरिने भएको छ। ३ सय बेडको अस्पताललाई ५ सय बेडमा विस्तार गरिने भएको हो।
प्रदेश अस्पतालका निर्देशक प्राध्यापक डा.डम्बर खड्का र गौराश्याम सुन्दर जेभी काठमाडौंबीच अस्पतालको तला थपका लागि १ अर्ब २ करोड ४२ लाखमा निर्माण गर्नेगरी सम्झौता भएको छ।
अस्पतालले बिरामीको चाप थेग्नै नसक्ने गरी बढेपछि शिक्षण अस्पतालसहितको सुविधा रहनेगरी तला थप गर्न लागेको अस्पतालले जनाएको छ।
तला थप भएपछि भीआईपी उपचार कक्ष, डिलक्स, क्याबिन कक्षलगायतका सुविधाहरू थप हुनेछ। अत्यावश्यक उपचार कक्ष एउटै भवनमा रहने र त्यसैको माथि हेलिप्याड समेत निर्माण गरिने बताइएको छ ।