काठमाडौं। भौतिक निर्माणमा अब गो ग्रीन (वातावरणमैत्री निर्माण) लाई विशेष ध्यानदिनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । झण्डै सात वर्षदेखि निर्माणमा गो ग्रीनको अवधारणालाई अघि सार्दै आएका व्यवसायी एवं इन्जिनियर कृष्णभक्त दुवाललगायतको अवधारणा अनुसार उपत्यकालाई जोगाउन अब यो धारणालाई विशेष ख्याल गर्नुपर्ने उनीहरूले बताए ।
काठमाडौंलाई बसोबासयोग्य सहर बनाउने अभियान अन्तर्गत आइतबार राजधानीमा भएको कार्यक्रममा उनीहरुले काठमाडौं उपत्यकामा बढ्दो जनसंख्या तथा अनियन्त्रित विकास निर्माणले सहर नै अस्तव्यस्त बनेकोमा चिन्ता व्यक्त गरे । यही तथ्यलाई मध्यनजर गरी इन्जिनियर्सले काठमाडौंलाई बसोबासयोग्य सहर बनाउने अभियानको थालनी गर्नुपर्ने बताए ।
अस्तव्यस्त काठमाडौं र यहाँं बसोबास गर्ने सबै उपत्यकाबासी एवं आगन्तुकसमेतलाई सबै दृष्ट्रिकोणबाट दिगो र बस्न लायक सहरको रूपमा विकसित गर्नु आजको चुनौती रहेको छु, कार्यक्रममा सहभागी विज्ञहरूले भने, यसै सन्दर्भमा उपत्यकावासीहरुले भोग्नु परेका बहुआयामिक समस्याहरुको पहिचान र तिनका समाधानका उपायबारे विस्तृत छलफलको शुरुवात गर्न थालौं । यही उदेश्यले पहिलो महत्वपूर्ण कार्य थालनीको रुपमा बसोबासयोग्य काठमाडौं सहर विषयमा आइतवार बृहत अन्तक्रिया कार्यक्रम आयोजना गरीएको हो ।
कार्यक्रममा एसियाली विकास बैंकका पूर्व उपाध्यक्ष डा। बिन्दुनाथ लोहनीले प्रमुख वक्ताको रुपमा बसोबासयोग्य काठमाडौं उपत्यका विषयमा विशेष कार्यपत्र प्रस्तुत गरेका थिए । यस विषयमा अन्य बहुआयामिक पक्षवारे भविष्यमा विभिन्न कार्यक्रम सञ्चालन गरी समष्टिगत रुपमा निक्यौलको रूपमा तयार हुने प्रतिवेदनलाई सबै राजनैतिक, योजनाविद तथा सरोकारवालाहरुसँग अन्तक्रिया गर्ने उदेश्य राखिएको छ।