काठमाडौं। चीन सरकारले शुक्रबार जारी गरेको तथ्यांक अनुसार चीनको सेवा उद्योग र निर्माण क्षेत्र विगत ६ महिना यताकै सबैभन्दा कमजोर देखिएको छ।
गैर–उत्पादन प्रचेजिङ म्यानेजर्स सूचकांकले मे मा ५४.५ बाट ५४.२ मा झरेको राष्ट्रिय तथ्यांक ब्यूरोको तथ्यांकले बताएको छ। गैर–उत्पादन प्रचेजिङ म्यानेजर्स सेवा र निर्माण क्षेत्रको सेन्टिमेन्टलाई मापन गर्ने सूचकांक हो।
उक्त तथ्यांकले सेवा गतिविधिको लागि उपसूचकांक पनि ६ महिनाको न्यूनमा झरेको छ। यो महिना ५२.८ पुगेको छ। चीनको अर्थतन्त्रका लागि सेवा क्षेत्र महत्वपूर्ण छ। यसले जीडीपीको ५८ प्रतिशत र रोजगारीको ४८ प्रतिशतको लागी योगदान गर्छ।
उपभोक्ता खर्चले प्रेरित सेवा र निर्माण क्षेत्रले यो वर्षको पहिलो आधामा चीनको अर्थतन्त्रको वृद्धिदर कायम राखेको बताइएको छ।
औद्योगिक कारखाना गतिविधिको प्रमुख सूचक उत्पादन पीएमआई जुनमा ४९ पुगेको राष्ट्रिय तथ्यांक विभागले शुक्रबार जनाएको छ। त्यो मेको ४८.८ बाट थोरै सुधार थियो, तर संकुचन क्षेत्रमा रह्यो।
५० भन्दा माथिको पीएमआई रिडिङले विस्तारलाई संकेत गर्छ। तर त्यो स्तरभन्दा तलको कुनै पनि कुराले संकुचन देखाउँछ।