काठमाडौं। स्वतन्त्र उर्जा उत्पादकहरुको संघ (इपान) का अध्यक्ष गणेश कार्कीले विद्युत उत्पादक उत्पादित विद्युत र उर्जाले बजार नपाउने अवस्था आउन सक्ने बताएका छन्।
अध्यक्ष गणेश कार्की शनिबार आयोजित जनता हाइड्रो सम्मेलनमा त्यस्तो धारणा व्यक्त गरेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो भारत भ्रमणको दौरान भएको १० वर्षमा १० हजार मेगावाटको विषयले लगानीकर्तालाई उत्साहित बनाएको उनको भनाई छ ।
कार्कीले अब जलविद्युत क्षेत्रको माध्यमबाट विकासको खाका तीव्र रुपमा अघि बढाउनुको विकल्प नरहेको विचार व्यक्त गरे । संकटकालको घोषणा गर्दै उर्जाको क्षेत्रमा लगानीमैत्री वातावरण सिर्जना नगरे लगानीकर्ताहरु निरुतसाहित हुन सक्ने उनको धारणा छ ।