जनकपुरधाम । मधेस प्रदेश सरकारको बजेट सर्वसम्मत पारित भएको छ। प्रदेशसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको हो।
बजेटमाथिको छलफल सकेपछि सम्बन्धित मन्त्रालयका मन्त्री र मुख्यमन्त्रीले जवाफ दिए। त्यसपछि खर्च कटौतीको प्रस्ताव दर्ता गराएका सांसदहरूले प्रस्ताव फिर्ता लिएपछि सभामुख रामचन्द्र मण्डलले निर्णयार्थ प्रस्तुत गरेका छन्।
सांसदहरूले सहमति जनाएपछि मधेस प्रदेश सरकारको आर्थिक वर्ष ०८०/०८१ को आय र व्ययको वार्षिक अनुमान सर्वसहमतिले पारित भएको सभामुख मण्डलले घोषणा गरे ।
अर्थमन्त्री सञ्जय कुमार यादवले असार १ गते आगामी आर्थिक वर्षको लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार विनियोजन गरेको बजेट प्रस्तुत गरेका थिए ।
३४ जना सांसदले विनियोजन विधेयकमाथिको छलफलमा भाग लिएका थिए ।प्रदेश सभाको बैठक आज पनि बस्ने छ।