काठमाडौं । शिवम् सिमेन्ट र निर्माणकर्मीबीच अन्तरक्रिया कार्यक्रमण सम्पन्न भएको छ । शिवम् सिमेन्टले निर्माणकर्मीसँग परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श दिइनुका साथै सहभागी निर्माणकर्मीका लागि ५ लाख बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी हस्तान्तरण गरिएको छ । निर्माण कार्यमा खटिने निर्माणकर्मीले हरेक दिन जोखिमपूर्ण काम गर्ने हुँदा सोही जोखिमलाई लक्षित गरी कम्पनीले तिनका लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो ।
छलफलमा सहभागी दक्ष प्राविधिकले सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनोट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्या समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी जानकारी गराइएको छ ।