पाँचथर। तेह्रथुमको आठराईमा पहिरोमा परेर ६३ वर्षीय देबी थलङको मृत्यु भएको छ । शुक्रबार दिउँसो आठराई गाउँपालिका २ स्थित पहिरोले घर भत्काउँदा घाइते भएका थलङलाई उद्धार गरी पाँचथर अस्पतालमा ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो ।
पहिरोमा परेर ८४ वर्षीया जसमाया खापुङ, ६३ वर्षीय गणेश इस्वो, २८ वर्षीय राजेश थलङ र २५ वर्षीया करिना थलङ घाइते भएका छन् ।
उनीहरुमध्ये गणेश र राजेशलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको छ भने जसमाया र करिनाको प्राथमिक स्वास्थ्य केन्द्र सक्रान्ति बजारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।