दोहा। फिफा विश्वकप २०२२ का लागि कतारले सबै रङ्गशालाको निर्माण सम्पन्न गरेको छ। मध्यपूर्व र अरबमा पहिलो विश्वकप हुन एक वर्ष बाँकी छँदै कतारले सबै आठ प्रतियोगिता स्थलहरूमा निर्माण कार्य पूरा गरेको गल्फ टाइम्सले जनाएको छ।
६० हजार दर्शक क्षमता भएको अल बायत रङ्गशालाबाट सुरु हुने विश्वकप ८० हजार क्षमताको लुसेल स्टेडियममा पुगेर सकिनेछ। कतारको राष्ट्रिय दिवसमा फाइनल खेल हुनेछ। कतार २०२२ डट क्युले २१ नोभेम्बर २०२२ मा अल बायत रङ्गशालाबाट सुरु हुने विश्वकपमा ८ स्टेडियमहरूलाई नजिकबाट हेर्ने सकिने जनाएको छ।