काठमाडाैं। अखिल भारतीय गोर्खा परिषद तथा रास्ट्रिय स्वतन्त्र पाटी राजस्थानले जयपुरमा भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रबासमा रहेका नेपालीहरुले विपद तथा प्रवासबाटै देश विकासका लागि गर्नु पर्ने काम योजना खबरदारी र अखिल भारतीय गोर्खा परिषदले खेल्नु पर्ने भुमिकाबारे सभापती निर्मल बोहराले प्रष्ट पारेका थिए ।
अहिलेको समयमा देशमा भइरहेको व्यतिथि, भस्टचार र अन्योलताकाबीच रास्वापा र अखिल भारतिय गोर्खा परिषदले शसक्त रुपमा आवाज उठाएको छ ।
साथै कार्यक्रम्म प्रवासमा रहेका नेपालीहरुको समस्या यहाँ रहँदा सरकारी सेवा स्वास्थ तथा अन्य कुराहरुमा भोग्नु परेको कठिनाइ र हक हितको लागि कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे समेत छलफल भएको छ।
पशुपती वेलफेरका अध्यक्ष नवीन अछामिले मन्तव्य राखेको कार्यक्रमको समापन सभापती निर्मल बोहोराले गरेका थिए । कार्यक्रममा यहाँ रहेका प्रवासी नेपालीहरुका लागि हक हितमा कसरी काम गर्ने भन्ने निर्णय समेत भएको थियो ।