काठमाडौं। बुधबार साँझ दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
दार्चुलाको गुलिजार आसपास केन्द्र भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार बेलुका ७ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो । यसअघि बुधबार बिहान पनि कास्की केन्द्र बनाएर चार म्याग्निच्युडको भूकम्प गएको थियो ।