काठमाडौं। हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको महाशाखाको भनाइ छ ।
शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जनचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमानका अनुसार काठमाडौं उपत्यकामा गत राती अत्याधिक वर्षाका कारण बाग्मती, विष्णुातीलगातका नदी खोलाहरूमा जल सतह उच्च विन्दु पार गरेको छ । शुक्रबार बिहान १० बजेसम्म नदी तथा खोला छेउछाउमा हिडडुल गर्दा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
देशका अधिकांश स्थानमा गत रातिदेखि नै अविरल वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।