काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्माण व्यवसायीलाई तत्काल भुक्तानी नहुने बताएका छन्। अर्थमन्त्री महतले शनिबार नेपाल अडिटर्स एशोसिएशन (अडान)ले आयोजना गरेको कार्यक्रममा बजेट अभावका कारण निर्माण व्यवसायीले गरेका कामको भुक्तानी गर्न कठिन रहेको बताएका हुन्।
निर्माण व्यवसायीले आफूहरुले गरिसकेको कामको समेत भुक्तानी नपाएको भन्दै सरकारविरुद्ध आन्दोलन गरिरहेका छन् ।
तर अर्थमन्त्री महतले विगतमा स्रोत सुनिश्चित नभईकन ठेक्का लगाइएका कारण अहिले समस्या आएको उल्लेख गरे । ठेक्का लाग्यो काम थाल्यो, स्रोत छैन । त्यसले पनि अहिले निर्माण व्यवसायीदेखि लिएर त्यहाँ समस्या हुँदै गयो’ उनले भने त्यसलाई समाधान गर्ने ब्याकअप, रिसोर्सेज छैन । त्यसकारण अहिले जति पनि त्यो किसिमबाट विचार नगरी गरिएको निर्णयले ल्याएका समस्या जम्मा भएको छ । त्यसलाई फेरि सफा गर्न समय लाग्छ ।’