काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले लिम्पियाधुरामा महाकाली नदीलाई सिमाना नमानेर अर्घेल्याईं गरिरहेको बताएका छन्।
पूर्वप्रधानमन्त्री ओलीले एमाले विदेश विभागद्वारा शनिबार आयोजित कार्यक्रममा महाकाली नदीलाई नेपाल र भारतबीचको सीमाना मान्नुपर्नेमा भारतले महाकालीबाट ल्याएको अर्को कुलोलाई सीमा भनेर अर्घेल्याई गरेको टिप्पणी गरेका हुन्। ‘कुलो खनेर महाकाली नदीको मुहान भन्नु भारतको अर्घेल्याई हो’ कार्यक्रममा उनले भने त्यस्तो पनि गर्ने हो छिमेकीले त्यस्तो त गर्नुभएन । लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रै हो । हामीले हाम्रो दाबी छाड्नु हुँदैन ।’
एमाले अध्यक्ष ओलीले कालापानीमा भारतले ६१ वर्षअघि बिना सम्झौता, बिना जानकारी एकतर्फी सेना ल्याएर राखेको उल्लेख गरे । गठबन्धन सरकारले लिम्पियाधुरा दाबी गर्न आनाकानी गरेको ओलीको नाई छ ‘अहिलेको सरकारले लिम्पियाधुरा लिपुलेक हाम्रो भन्नै हुँदैन भन्ने जस्तो भएको छ’ उनले भने तर हामीले दाबी छोड्न हुँदैन।