काठमाडौं। निर्माण ब्यवसाही महासंघको सिठ्ठी जुलुस बानेश्वर पुगि सडकमै बसेर धर्ना दिइरहेका छन्। अनामनगरस्थीत निर्माण व्यवसायीको कार्यलयबाट निस्किएको जुलुश बानेश्वरस्थित संसद भवन अगाडि पुगेर धर्ना बसेको हो।
आफ्ना मागहरु सहितको नारा लगाउँदै उनीहरुले धर्ना दिइरहेका हुन। साथै सबै आन्दोलनकर्मिहरुले सिठ्ठी पनि फुकिरकेका छन्। अत्याधिक र अप्रत्याशित रुपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन गरिनुपर्ने, रुग्ण आयोजनाहरु अन्यौलग्रस्त र बजेट नभई काम हुन नसक्ने एवं काबु बाहिरका निर्माण कार्य सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने, सरकारबाट भक्तानी नभएसम्मको लागि चेक बाउन्स र बैंक ग्यारेण्टी जफत गर्ने लगायतका कार्वाही रोकिनुपर्ने मागसहित महासंघले आन्दोलन गरिरहेको हो।
बीमाको प्रिमियम दरमा भएको वृद्धिलाई खारेज गरिनुपर्ने, नियोक्ताले श्रोतमा कट्टा गरेको अग्रीम आयकर र मु.अ.करको रकम समयमा राजस्व खातामा दाखिला , निर्माण उद्योगसँग सम्बन्धित ऐन, नियम संशोधन गरिनुपर्ने लगायतका मागसहित आन्दोलनमा उत्रिएका व्यवसायीहरु आज बानेश्वरको सडकमै धर्ना दिन थालेका हुन्।