काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले दोस्रो चरणको आन्दोलन अन्तर्गत आज पनि सिठ्ठी जुलुश गरेको छ। महसंघको कार्यलय अनामनगरबाट निस्किएको जुलुश बानेश्वरस्थित संसद भवन नजिक कोणसभा गरि बबरमहल–माइतीघर हुँदै पुन अनामनगर महासंघको कर्यालय पुगेर समापन भएको छ।

महासंघको आन्दोनलमा देशभरका प्रदेश संघ र जिल्ला संघहरुको समेत उपस्थित रहेको थियो। आन्दोलनरत निर्माण व्यवसायीहरुले निर्माण कार्यको भुक्तानी गर, आयोजनहरुको म्याद थप गर, अव्यवहारिक माइलस्टोन खारेज गर लगायतका नारा लगाउदै, टाउकोमा हेलमेट, हातमा कालो पट्टि र सिठ्ठी फुकेर जुलुश गरेका छन।

कोणसभामा बोल्दै महसङ्गका अध्यक्ष रवि सिंहले सरकारले माग पूरा नगरेसम्म आन्दोलन नरोकिने चेतावनी दिए।
निर्माण व्यवसायिहरुको आन्दोलनमा एक्यवद्धता जनाउदै नेपाल क्रसर तथा खानी उधोग महासंघले पनि कोणसभामै एक्यवद्धता पत्र निर्माण व्यवसाही महासंघका अध्यक्ष सिंहलाइ हस्तान्तरण गरेको छ।

निर्माण व्यवसायिहरुले नौं बुदे माग राख्दै निरन्तर आन्दोनल गरिरहेका छन। पहिलो चरणको आन्दोलनबाट सरकारले कुनै चासो नदेखाएको भन्दै गत सोमबारदेखी दोस्रो चरणको आन्दोलन सुरु गरेका हुन। शुक्रबारसम्म चल्ने दोस्रो चरणको आन्दोलनबाट समेत सरकारले कुनै प्रतिक्रिया नदिए निर्माण कार्य नै ठप्प गरेर तेस्रो चरणको आन्दोलन सुरु गर्ने समेत निर्माण व्यवसायीको चेतावनी छ।





