काठमाडौं। भुक्तानी नपाएर आन्दोलित निर्माण व्यवसायीलाई सिंचाइ विभागको गेटमा तालबन्दी गर्ने क्रममा जावलाखेलबाट प्रहरीले पक्राउ गरेको छ। सिँचाइ विभाग जावलाखेलबाट नेपाल निर्माण व्यवसायी महासंघका महासचिवसहितका व्यवसायी पक्राउ परेका हुन्।
सिँचाइ विभागको गेटमा ताला लगाउने क्रममा जावलाखेलमा प्रहरीले पक्राउ गरेको महासंघले बताएको छ। प्रहरीले १ बजेसम्म प्रहरी परिसरभित्र राख्ने बताएको छ।
लगभग ५० जना निर्माण व्यवसायीहरु अहिले प्रहरी परिसर भित्र छन्। आन्दोलनरत निर्माण व्यवसायीले सडक विभागमा महानिर्देशकको कोठामा ताला लगाए पनि गेटमा भने तालाबन्दी गर्न प्रहरीले रोकेको थियो।