सुनसरी। सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको सतह पार गरेपछि ब्यारेजका सबै ढोका खोलिएको छ।
आइतबार राति पानीको सतह बढेपछि ब्यारेजका सबै सबै ५६ वटै ढोका खोलिएको हो। पानी तीन लाख क्युसेकभन्दा बढी पुगेसँगै ब्यारेजका ढोका खोलिएको बताइएको छ।
यससँगै सप्तकोशी आसपासका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
तर अहिलेसम्म क्षतिको विवरण नआएको खतराको तह घट्दै जाने क्रममा रहेको बताइएको छ।।