काठमाडौं। निर्माण व्यवासायीको तेस्रो चरण अन्तर्गतको आजको आन्दोलन सुरु भएको छ। हिजो (आईतबार) बाट सुरु भएको तेस्रो चरणको आन्दोलन आज पनि सुरु भएको हो।
महासंघले आइतबारदेखि मंगलबारसम्म हरेक दिन बिहान ९ बजेदेखि १ बजेसम्म सडक विभाग, चाकुपाट ललितपुर र सिंचाइ विभाग जावलाखेल ललितपुरमा तालाबन्दी र धर्ना दिने भएको छ।
महासंघले दुइतिर एकै पटक आन्दोलन गर्ने भएकाले निर्माण व्यवसायीहरुको दुई वटा समूह विभाजन समेत गरेको छ। सडक विभागका लागि महासंघका रवि सिंहको नेतृत्वमा समूह गठन गरिएको छ भने सिंचाइ विभागका लागि महासंघका वरिष्ठ उपाध्यक्ष इ।आङ दोर्जी लामाको नेतृत्वमा समूह गठन गरिएको छ।
भुक्तानी नपाएर आन्दोलित निर्माण व्यवसायीलाई सिंचाइ विभागको गेटमा तालबन्दी गर्ने क्रममा जावलाखेलबाट प्रहरीले निर्माण व्यवसायी महासंघका महासचिवसहितका ५० निर्माण व्यवसायीलाई हिजो पक्राउ समेत गरेको थियो।