काठमाडौं। निर्माण व्यवसायीले तेस्रो चरणको आन्दोलन आज पनि जारी राखेका छन्। हिजो (आईतबारबाट सुरु भएको आन्दालन आज पनि जारी राखेका हुन्।
महासंघले आइतबारदेखि मंगलबारसम्म हरेक दिन बिहान ९ बजेदेखि १ बजेसम्म सडक विभाग, चाकुपाट ललितपुर र सिंचाइ विभाग जावलाखेल ललितपुरमा तालाबन्दी र धर्ना दिने भएको छ। हिजो आईतबार सिंचाइ विभागमा ताला लगाएको थियो सोही क्र्रममा ५० निर्माण व्यवासायीलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर छाडेको थियो।
निर्माण व्यवसायीहरु आफूले काम गरेको पैसा सरकारले भुक्तानी नगरेको भन्दै साउन १४ गतेदेखि निरन्तर प्रदर्शन र धर्नामा छन्। धर्ना जिल्लादेखि प्रधानमन्त्री निवास, संसद भवन हुँदै अहिले सडक विभाग र सिंचाई विभागमा तालाबन्दी गर्नेसम्म पुगेको छ।




