काठमाडौं। निर्माण व्यवासायीले तेस्रो चरणको आन्दोलन अन्तर्गत आज धर्ना दिएका छन्। तेस्रो चरणको आन्दोलनअर्न्तगत नेपाल निर्माण व्यवसायी महांघको अगुवाईमा सोमबार पनि निर्माण व्यवसायीहरुले सडक विभाग, चाकुपाट र सिचाई विभाग जाउलाखेलमा धर्ना दिएका हुन्।
व्यवसायीहरूको अर्बौं रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायीमैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्नेलगायतका माग राखी व्यवसायीहरू साउन १४ गतेदेखि निरन्तर पहिलो, दोस्रो गर्दै हिजाबाट तेस्रो चरणको आन्दोलन सुरु गरेका हुन्।
महासंघको निर्देशन अनुसार राजधानी केन्द्रित आन्दोलन सफल पार्न विभिन्न जिल्लाबाट व्यवसायीहरू काठमाडौं उपत्यकामा आएको बताइएको छ।