काठमाडौं। निर्माण व्यवासायीको तेस्रो चरण अन्तर्गतको आजको आन्दोलन सुरु भएको छ। आईतबार बाट सुरु भएको तेस्रो चरणको आन्दोलन आज पनि सुरु भएको हो।
महासंघले आइतबारदेखि मंगलबारसम्म हरेक दिन बिहान ९ बजेदेखि १ बजेसम्म सडक विभाग, चाकुपाट ललितपुर र सिंचाइ विभाग जावलाखेल ललितपुरमा तालाबन्दी र धर्ना दिने भएको छ।
नेपाल निर्माण व्यवसायी महासंघले तेस्रो चरणकको आन्दोलनको पहिलो दिन आइतबार भुक्तानी नपाएर आन्दोलित निर्माण व्यवसायीलाई सिंचाइ विभागको गेटमा तालबन्दी गर्ने क्रममा जावलाखेलबाट प्रहरीले निर्माण व्यवसायी महासंघका महासचिवसहितका ५० निर्माण व्यवसायीलाई हिजो पक्राउ समेत गरेको थियो।
नेपाल निर्माण व्यवसायी महासंघले तेस्रो चरणकको आन्दोलनको दोस्रो दिन सोमबार सडक र सिंचाई विभागमा नाराबाजी सहित तीन घण्टा धर्ना दिँदै दुवै कार्यालयमा सांकेतिक तालाबन्दी गरेका थिए। शान्तिपूर्ण आन्दोलन गर्ने रणनीति अनुसार व्यवसायीहरूले सेफ्टी ज्याकेट, हेल्मेट र हातमाकालो पट्टीबाँधेर सांकेतिक तालाबन्दी गरेका थिए।