काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीहरुलाई लक्षित गर्दै पाँच दिने कन्स्ट्रक्सन म्यानेजमेन्ट तालिम संचालन गरेको छ । महासंघको आयोजना, निर्माण व्यवसाय प्रवद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिको सहयोगमा आइतबारदेखि महासंघ सचिवालयमा कन्स्ट्रक्शन म्यानेजमेन्ट तालिम शुरु भएको हो ।
उक्त तालिमको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव एवं निर्माण व्यवसाय प्रवद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष इन्जिनियर अर्जुनजंग थापाले गरेका हुन्।
तालिममा सहभागी निर्माण व्यवसायीहरुले कन्स्ट्रक्शन म्यानेजमेन्ट तालिमले निर्माण क्षेत्रमा निक्कै महत्वपुर्ण भुमिका खेल्ने बताएका छन् । साथै उक्त तालिममा सहभागी हुँदै गर्दा आफुहरुले धेरै कुराहरु सिक्ने अवसर पाएको बताएका छन् । निर्माण व्यवसायीहरुलाई आयोजना निर्माण प्रति जिम्मेवार बनाउँदै पुर्वाधार निर्माणलाई चुस्त बनाउन उक्त तालिमले महत्वपुर्ण भुमिका खेल्ने महासंघले जनाएको छ । उक्त तालिममा ५० जना भन्दा धेरैको सहभागिता रहेको महासंघले उल्लेख गरेको छ ।