काठमाडौं। पोखराको फिर्केखोलाको सिमाङ्कन कार्य अन्तिम चरणमा पुगेको छ । पोखराको मध्य भाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउने गरी सुरु गरिएको सिमाङ्कन अन्तिम विन्दु पोखरा १८ को अधेँरीकुना नजिक पुगेको हो।
पोखरा १७ गाईघाटबाट सुरु गरिएको सिमाङ्कन कार्य अब करिब २०० मिटर मात्र बाँकी रहेको छ। पहिलो चरणमा फिर्केखोलाले चर्चेको खोला घर पत्ता लगाउने काम सफलतापूर्वक सम्पन्न हुने चरणमा रहेको महानगरपालिकाले जनाएको छ। खोलाको नाप जाँचका क्रममा हालसम्म ५ सय बढी सीमा स्तम्भहरू गाडिएका छन्, यसले खोलाको वास्तविक रूप र आकार देखाइदिएको छ, यो प्राविधिक जाँचका आधारमा आएको तथ्य हो, यसका शङ्का गर्नुपर्ने कुनै कारण छैन ।” खोलाको सिमाङ्कन कार्यले खोला माथिको अतिक्रमण र दोहनलाई उदाङ्गो बनाइदिएको महानगरपालिकाको भनाइ छ।
फिर्के खोलालाई पर्यटन गन्तव्यका रूपमा विकास गर्ने महानगरको योजना रहेको बताइएको छ। यो पोखराको पर्यटन गन्तव्य बन्नेछ, यसको संरक्षण, विकास र सौन्दर्यीकरण एक साथ गरिने पनि महानगरपालिकाको भनाई छ।