नेपालगञ्ज। बुद्ध एयरको जहाज स्यालसँग ठोक्किएको छ । बुधबार साँझ साढे ७ बजे बुद्ध एयरको ७२ सिटे जहाज नेपालगञ्ज विमानस्थलमा अवतरणको क्रममा स्यालसँग ठोक्किएको हो ।
जहाज स्यालको बच्चासँग ठोक्किएको र ठोक्किएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जहाजमा सामान्य क्षति भएपनि कुनै अप्रिय घटना भने नघटेको बुद्ध एयरले जानकारी गराएको छ ।
विमानस्थलमा घाँसे मैदान हुँदा जंगली जनावरहरुको बिगबिगी बढेको र यसले दुर्घटना निम्त्याएको बताइएको छ । यसअघि सोही स्थानमा तारा एयरको जहाज पनि बँदेलसँग ठोक्किएर दुर्घटना भएको थियो ।
विमानस्थल सफा नगरिँदा यहाँ दुर्घटनाहरु भइरहेका छन् । विमानस्थल सरसफाइमा कसैले चासो नदिएकै कारण दुर्घटना दोहोरिरहेका हुन् । विमानस्थलजस्तो संवेदनसिल स्थानमा लापरबाही नगरी समयमै सरसफाइ र र आवश्यक मर्मतमा ध्यान दिन सके भविष्यमा कुनै अप्रिय घटना हुनबाट बच्ने सम्भावना बढी हुन्छ ।