काठमाडौं। महर्जन बिजनेस एसोसिएटले न्युरोडमा निर्माण गरेको सम्पदामैत्री व्यावसायिक भवन ‘महर्जन कम्प्लेक्स’ सञ्चालनमा आएको छ। कोरोना महामारीका कारण दुई वर्षदेखि तयारीमा रहेर पनि रोकिरहेको भवन सञ्चालनमा आएको हो।
कम्प्लेक्समा पसलहरु सञ्चालन गर्न शुरु भइसकेको छ । व्यवसायीले व्यवसाय सञ्चालनपूर्वका तयारी एवं सजावटको काम धमाधम गरिरहेको कम्पनीका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिए।
संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय युनेस्कोले समेत प्रशंसा गरेको कम्प्लेक्समा केही कबल खरिद तथा भाडाको लागि उपलब्ध रहेको पनि उनले जानकारी दिए । उनका अनुसार उक्त कम्प्लेक्सको स्पेस आफ्नै स्वामित्वमा रहने गरी खरिद गर्न सकिन्छ।
कतिपय व्यवसायीले स्पेस किनेर र कतिपयले भाडामा लिएर व्यवसाय सुरु गरिसकेको तथा सुरु गर्ने तयारी गरिरहेको उनले जानकारी दिए।