म्याग्दी। म्याग्दीको सदरमुकाम बेनीमा सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको छ। बेनी नगरपालिकाले वडा नं ८ मा पर्ने अस्पताल चोकमा रहेका अतिक्रमित संरचना सोमबार हटाएको हो।
व्यवसायीले अटेर गरेपछि नगरपालिका आफैँले अस्पताल चोकको सार्वजनिक जग्गामा बनेका दुुई पसलको संरचना हटाएको नगरपालिकाले जनाएको छ।
अतिक्रमण हटाएको ठाउँमा सवारीसाधन पार्किङस्थल बनाउने समेत नगरपालिकाले जनाएको छ। सवारीसाधनको चाप बढेको र सार्वजनिक जग्गामा रहेका अव्यवस्थित संरचनाका कारण आवतजावतमा समस्या, दुर्घटनाको जोखिम र बजार व्यवस्थापनमा समस्या भएपछि अतिक्रमण हटाउने कामलाई तीव्रता दिएको नगरप्रमुखले बताए।