म्याग्दी। अन्नपूर्ण गाउँपालिकाले स्थानीय सडकको गाडी भाडादर निर्धारण गरेको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै स्थानीय सडकहरूको भाडादर निर्धारण गरेको हो।
सूचनाका अनुसार गत शुक्रबार गाउँ कार्यपालिकाको बैठकले स्थानीय सडकमा गाडी भाडा निर्धारण गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीका अनुसार स्थानीय क्षेत्रमा सञ्चालित सार्वजनिक यातायातले मनपरी भाडा लिने गरेको व्यापक गुनासो आएपछि भाडादर कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।
पालिकाले निर्णय गरेभन्दा बढी भाडा लिएमा प्रचलित कानुनअनुसार कार्वाही गर्ने बताइएको छ ।
