सिन्धुपाल्चोक। मेलम्ची नगरपालिकाले बाढी, पहिरो पिडितलाई आर्थिक सहयोग गरेको छ। नगरपालिकाले विसं २०७८ असार १ तथा त्यसपछिका बाढी, पहिरोबाट प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकालाई रु १० लाख आर्थिक सहयोग गरेको हो।
छिमेकी पालिकाहरूमा समस्या पर्दा केही सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको नगरपालिकाले बताएको छ। १० लाखको चेक ग्रहण गर्दै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले सहयोगका लागि धन्यवाद दिए।
उनले मेलम्ची नगरपालिका असल छिमेकीको रूपमा प्रस्ततु भएको भन्दै यसले गाउँपालिकालाई ठूलो सहयोग भएको बताए।