काठमाडौं। साउन महिनामा अहिलेसम्मकै उच्च रेमिटेन्स भित्रिएको छ। साउनमा १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको हो।
नेपाल राष्ट्र बैंकका अनुसार विदेशमा काम गर्न गएका नेपालीहरुले साउनमा १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिटेन्स पठाएका हुन्।
यसअघि गत असार महिनामा अहिलेसम्मकै सर्वाधिक १ खर्ब ८ अर्ब ४ करोड रुपैयाँ भित्रिएको थियो। गत आर्थिक वर्षभरि १२ खर्ब २० अर्ब ५६ करोड रेमिटेन्स भित्रिएको थियो।