काठमाडौं। बुधबार दिउँसो देशैभर हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालको पूर्व क्षेत्रमा आज रातिदेखि भारी वर्षाको सम्भावना देखिएको मौसमविद्ले जानकारी दिएका छन्।
यसको प्रभावले आगामी तीन दिनसम्म पानी पर्ने पूर्वानुमान महाशाखाको छ। आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले बाढी पहिरोको जोखिमबाट सतर्क रहन सुझाव दिएको छ।